तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं। मङ्गलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ । यता, चाँदी घटेर प्रतितोला १ हजार ५ सय ५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार