रुपान्तरण अभियान गुटरहित छ, यसले पार्टीलाई वीपीको मार्गमा हिडाउँछ’ : जगदिश्वरनरसिंह केसी

Nagarik Sewa 1+ समाचार ( )
२५ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियान गुटरहित रहेको बताएका छन् ।सोमबार नेपाली कांग्रेस रुपान्तरण अभियान स् तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए ।

‘रुपान्तरण अभियान कुनै गुुटको होइन । रुपान्तरण अभियान गुुटरहित छ । हामी जहाँ जान्छौँ त्यहाँ जिल्लाका सभापति, प्रदेशका सभापति वडाका सभापतिको सहभागितामा छलफलमा हामी अघि बढिरहेका छौँ ।’ नेता केसीले भने ।

नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले नै विधान मिचेको आरोप लगाए । साथै रुपान्तरण अभियानकै असर स्वरुप २७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको दाबी गरे ।

‘नेपाली कांग्रेसको विधानले हरेक २ महिनाभित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्छ । तर आज ११ महिना १२ महिनापछि यही रुपान्तरण अभियानले बुढानिलकण्ठ पुगेछ ।’ नेता केसीले भने, ‘२७ गते केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।’

यही अवस्थाले नेपाली कांग्रेस चल्न नसक्ने भन्दै पार्टीलाई विधान अनुसार चलाउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुुपर्ने बताए ।

विभिन्न काण्डमा मुछिएकाहरुलाई कांग्रेसले किन निलम्बन गर्दैन रु भन्दै प्रश्न गरे । साथै पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न आग्रह गरे ।

आफूहरुले शुरुबाटै गठबन्धन गलत रहेको बताउँदा पनि नेतृत्वले नमान्दा अहिलेको अवस्था आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार