तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । बिहीवार सुनको भाउ तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँ रहेको चाँदी यस दिन १७५० कायम भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार