कारागारको अवस्था सुधार गर्नका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेः गृहमन्त्री लेखक

Nagarik Sewa 1537+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा कारागार र बालसुधार गृहको अवस्था सुधार गर्नका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । 

गृहमन्त्री लेखकले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएकोले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने समेत बताउनुभएको हो । कैदीबन्दीको  दैनिक खर्च कम भएको विषयमा पनि सरकारको ध्यान गएको उहाँले जानकारी गराउँदै।  कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न पनि ध्यान दिने मन्त्री लेखकले  उल्लेख गर्नुभएको छ  ।

कैदीबन्दीको सीप विकास , व्यवस्थापनका साथै मनोपरामर्श कार्यक्रम  र आय आर्जनको विषय देखि स्वास्थ्य बीमाको लागि  सरकार गम्भीर रहेको भन्दै उहाँले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशअनुसार अगाडि बढ्नुको साथै जबरजस्तीकरणी र लागू औषधसम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार