इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
५ असार २०८१, मङ्गलबार

एजेन्सी । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् ।

पहिलो डुंगा इटलीको ल्याम्पेडुसा टापु र अर्को क्यालाब्रियाको तटबाट करिब १ सय २५ माइल नजिकै डुबिरहेको काठको डुंगाबाट ११ जनाको शव फेला परेको छ भने ५१ जनालाई जिउँदै उद्धार गरिएको छ । एकै दिनमा भएको दुवै दुर्घटनामा बेपत्ता भएका ६० जनामध्ये २६ जना बालबालिका रहेका छन् ।

दुर्घटना भएका डुंगाहरुमा लिबिया र टर्कीबाट आएका आप्रवासीहरू चढेको बताइएको छ । सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका आप्रवासीहरू बोकेको उक्त डुंगा लिबियाको बाटो हुँदै इटली तर्फ लागेका बेला दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले जनाएको छ । उद्धार गरिएकाहरुलाई इटालियन कोस्टगार्डको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार