श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

दाङ।  गढवा गाउँपालिका २ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ परेका छन् ।

घरायसी विवादको क्रममा रञ्जितले बिहीबार बेलुकी कराइले हान्दा कमला गम्भीर घाइते भएकी थिइन् । कमलाको सिसहनिया प्रस्तावितता स्वास्थ्य चौकी हुँदै क्रिसमन अस्पताल बुटवलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार