सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । 

आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएको हो । यसअघि चैत ३० गते चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन चाँदी एक हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार