हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

Nagarik Sewa 1537+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ की २० वर्षीया रेजिना बुढालाई  हेलिकोप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।  

सुत्केरी भएपछि बुढाको साल नखसेको कारण हेलिकोप्टरमार्फत् सुर्खेत रिफर गरिएको १ नम्बर वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिए।

बच्चा जन्मिएछि साल नखसेकाले सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान ९निःशुल्क हवाइ उद्धार सेवा० कार्यक्रममार्फत् हेलिकोप्टर झिकाएर सुत्केरीलाई सुर्खेत पठाइएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए।

मंगलबार बिहान सिस्ने– १ भट्टेचौरमा बच्चा जन्मे पनि साल नखसेपछि परिवारले वडा कार्यालयमा खबर गरेको थियो। त्यसपछि वडाध्यक्ष बुढाले सिस्ने गाउँपालिकामा सिफारिससहित खबर गरेका थिए। अहिले सुत्केरी महिला बुढालाई सुर्खेत पुर्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार