हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं। भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थीको मृत्यु हुनुको साथै १२ जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। 

जीएल पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो। ड्राइभरको लापरबाहीले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूका अनुसार बस तीव्र गतिमा कुदाइएको थियो। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार