नेकपा एसले असन्तुष्ट नेताहरुसँग सम्वाद गर्ने

Nagarik Sewa 1537+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीका असन्तुष्ट नेताहरुसँग आज (बिहीबार) सम्वाद गर्ने भएको छ । बुधबार भएको कार्य विभाजन गर्न गठित कार्यदलको बैठकले पार्टी भित्रका असन्तुष्ट नेताहरुसँग वार्ता गर्ने तयारी गरेको हो ।

कार्यदलका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठन भएको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका सात पदाधिकारी हुनुहुन्छ ।

कार्यविभाजनपूर्व पार्टीका असन्तुष्ट नेतासँग बिहीबार छलफल गर्ने निर्णय भएको उपाध्यक्ष प्रकाश ज्वालाले बताउनु भयो । असन्तुष्ट नेताहरुसँग वार्तापछि शुक्रबार नेताहरुको कार्यविभाजन गरिने पार्टीले जनाएको छ ।

त्यस्तै, पार्टी एकता राष्ट्रिय अभियानका नाममा अलग्गै समूह चलाइरहनु भएका पुराना कम्युनिष्ट नेता वामदेव गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेताका रुपमा प्रवेश गराएर भूमिका दिने गरी वार्ता गर्ने निर्णय भएको छ ।

नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिवद्धता माग गर्नु भएपछि गौतमसँग पार्टी निष्कर्षमा पुग्न सकेको थिएन । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार