जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध

Nagarik Sewa 1537+ समाचार ( )
३० जेठ २०८१, बुधवार

जनकपुर । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध हुनुभएको छ। आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । 

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उहाँ निर्विरोध भएको बताउनुभयो । 

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार