नेकपा एसको महाधिवेशन आजदेखि काठमाडौंमा शुरू

Nagarik Sewa 1537+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदै छ। महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।

भृकुटी मण्डपमा उद्घाटन हुने महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सञ्चालन हुनेछ। पाँच दिनसम्म चल्ने महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ। अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशन सम्बन्धी सम्पूर्ण काम पूरा भएको जनाएको छ। महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार ८४९ प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ।

नेकपा (एमाले) बाट तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औं राष्ट्रिय महाधिवेशनका रूपमा लिएको छ। २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औं मानेको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार