दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध हो : बालेन शाह

Nagarik Sewa 1+ समाचार ( )
१५ वैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न नसकिने बताउनुभएको छ । 

उहाँले शैक्षिक संस्था विद्यालयमा दलगत शैक्षिक सङ्गठनको आडमा राजनीति गर्नु अपराध नै हो रहेको उहाँले बताउनुभएको छ । 

यसै सन्दर्भमा उहाँले काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको समेत उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । 

उहाँले सामाजिक सञ्जाल फेसबकमा लेख्नुभएको छ, "विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।"


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार