काठमाडौं । इन्स्टिच्युट अफ कल्चरल अफियर्स र ग्रिन फाउन्डेसन नेपालको सहकार्यमा ५ दिने प्रस्तावना लेखन लगायतका विषयको तालिम समापन भएको छ । गत भदौ २७ गतेदेखि सुरु भएको तालिममा प्रस्तावना लेखन, प्रस्तावना डिजाइन र फन्डरेइजिङ्गका विषयमा विज्ञहरुले तालिम प्रदान गरेका हुन् ।
तालिममा विभिन्न विदेशी दातृ निकायबाट कसरी सहयोग प्राप्त गर्ने, आधु्निक लेखन शैली कस्ता छन् र कसरी लेख्दा दाताबाट सहयोग प्राप्त गर्न सकिन्छ भन्ने विषयमा घनीभूत छलफल गरिएको थियो । तालिमबाट निकै प्रभावकारी जानकारी पाएको र आगामी दिनमा पनि यस्तै तालिमहरु आवश्यक रहेको सहभागीले जनाएका छन् ।
कार्यक्रमको समापनमा वाग्मती प्रदेशका सांसद भारती पाठक, ग्रीन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डे, विज्ञहरु तत्व प्रसाद तिमल्सिना र इशु सुब्बाको पनि सहभागिता रहेको थियो । तालिमबाट यस क्षेत्रमा कार्यरत जनशक्ति जिम्मेवार र जानकार हुने आयोजकको विश्वास रहेको छ । ५ दिने तालिमको आयोजना काठमाडौँमा गरिएको थियो ।