बागमती प्रदेशमा ९ जना मन्त्रीद्वारा शपथ ग्रहण

Nagarik Sewa 1537+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो। 

एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गर्नुभएको छ । उहाँहरूको जिम्मेवारी तोकिएको छैन ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गर्नुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार