तोलामा १८ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

काठमाडौं। आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार