काठमाडौं । नेकपा एकीकृत समावादीको पोलिटब्यूरो सदस्यमा सिन्धुपाल्चोक जिल्लाबाट भगवती नेपाल निर्वाचित भएकी छिन् । नेपालले १२१ मत प्राप्त गर्दै पोलिटब्यूरो सदस्यमा निर्वाचित भएकी हुन् ।
पोलिटब्यूरो सदस्यमा सिन्धुपाल्चोक जिल्लाबाट ३ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा एसबाट पूर्व बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री समेत बन्नुभएका इन्द्रमाया गुरुङ र सोम सापकोटाले उम्मेदवारी दिएका थिए। गुरुङले ८१ मत प्राप्त गर्नुभएको छ भने सापकोटाले ५९ मत पाउनुभएको छ ।
एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत पाएका छन् । एकीकृत समाजवादीले बुधबार पदाधिकारी चयन गरेको थियो । बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।