२४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
४ असार २०८१, सोमबार

काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् ।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत उनीहरुले अनलाइन जुवा खेलाएको पाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए ।

विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथि छ । यो समूहले करिब २ महिनाकै अवधिमा २४ करोडको अनलाइन जुवा खेलाएको पाइएको एसपी बोगटीले बताए । पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको जुवा तथा सट्टे बाजी खेल्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार