सन्दीप लामिछानेलको नयाँ गीत सार्वजानिक

Nagarik Sewa 1537+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

काठमाडौं। सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन्। लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन्। बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन्।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्। सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले उनलाई मानसिक रूपमा तनावमुक्त गर्नका लागि गीत र अभ्यासमा व्यस्त राखिएको बताए। उनले भने, ‘सन्दीप मानसिक रूपमा कमजोर हुँदै गएपछि उनलाई आफ्नो लगावको कामका रूपमा रहेको गीत र अभ्यासमा फोकसका लागि हामीले आग्रह गरेका छौं।’ लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार