काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ। नेपाली कांग्रेसका सांसद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको हो । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।
बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा चौधरी ग्रुपको नाममा गएको देखिएपछि यसअघि अरुण चौधरी र जुत्ता कारखानाका तत्कालीन पदाधिकारीहरु पक्राउ परेका थिए। काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि त्यसलाई अध्ययन गरेर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने, नचलाउने तथा चलाउने परे क(कसलाई चलाउने भनेर निर्णय गर्ने छ र अभियोग पत्र तयार हुने छ।