काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने सचिवालयले जनाएको छ ।