अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त

Nagarik Sewa 1537+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार