काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।
यस्तै, स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको थियो । बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४२ हजार नौ सय २० रुपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार एक सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार एक सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।