घर भत्किँदा पुरिएर २२ बाख्रा मरे

Nagarik Sewa 1537+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

त्रिवेणी। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा गएराति बरुण धितालको घर भत्किँदा पुरिएर २२ बाख्रा मरेका छन् । 

घरमा रहेका ३ बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो ।

सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए । घरपरिवार अस्थायी आवास ९टहरो० मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार