टुकुचा खोलामाथिको भास्सिएको सडक अझै पनि अलपत्र

Nagarik Sewa 1537+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरको मध्य भाग हुँदै बग्ने टुकुचा खोला अधिकांश स्थानमा विलाएको छ । महाराजगन्जदेखि कमलादीसम्म खोलामाथि सडक र संरचना बनेका छन् । राणाकालदेखि नै अतिक्रमणमा परेको टुकुचामाथि नै करिब ८५ वटा त पक्की घर तथा भवन रहेको तथ्यांक महानगरपालिकासँग छ । तर यसपटक कमलादीमा टुकुचामाथिको सडक भास्सिएपछि भने टुकुचामाथि बनाइएको कुनै पनि संरचना सुरक्षित छैनन् भन्ने पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाहले टुकुचाखोला उत्खनन् सुरु गर्नुभयो । जयनेपाल सिनेमा घरदेखि हात्तीसार क्षेत्रमा विलुप्त खोला खोज्न थालेपछि अदालतले महानगरपालिकाको अभियानलाई पाटन उच्च अदालतको अन्तरिम आदेशले रोकिदियो । टुकुचाखोला खोलेर यसको दायाँबायाँ चार मिटरको सडक बनाउने महानगरपालिको अभियान अदालतको आदेशले रोकिएको रोकियै छ । तर यस पटकको वर्षामा टुकुचाखोला आसपासको जमिन भास्सिन थालेपछि खोलामाथि नै बनेका तथा अतिक्रमण गरेर दायाँ बायाँको क्षेत्रमा बनाइएका कुनै पनि संरचना सुरक्षित छैनन् भन्नु पुष्टि भएको छ ।

कमलादीमा सडक भास्सिएको स्थानबाट भास्सिने क्रम तीब्र देखिएको छ । सडकसंगै बिजुलीका पोल समेत भास्सिएका छन । टुकुचालाई छोप्न बनाइएको भंगाल अर्थात संरचना भत्किएका कारण सडक भास्सिएको काठमाडौं महानगरपालिकाका पुर्वाधार सल्लाहाकार सुनिल लम्साल बताउनुहुन्छ ।

खोलामाथि घर वा अरु कुनै संरचना बनाउन पाउने कानुन नभए पनि उच्च अदालतको आदेशपछि महानगरपालिका टुकुचामाथि बनेका संरचनाहरु चलाउन नपाउने अवस्थामा छ । तर कमलादीमा अहिले जसरी टुकुचाले आफ्नो बाटो खोज्न थालेको देखिएको छ, यसले टुकुचा आसपासका कुनै पनि संरचनामा बस्नेहरु सुरक्षित नभएको देखाउँछ भने भास्सिएको स्थान नजिकै रहेकाहरुको त उठिवास भईसकेको छ । सर्वसाधारण मात्रै होइन, टुकुचाको किनारमै बनेको यो भव्य काठमाडौ प्लाजामा रहेको महानगरपालिका समेत यहाँबाट छिट्टै सर्ने भएको छ ।

महानगरले टुकुचा उत्खनन थालेपछि १२५ वर्षअघि नै व्यवस्थित सुरुङ बनाएर टुकुचालाई जमिनमुनि बग्ने बनाइएको तथ्य खुलेको थियो । टुकुचामाथि कसरी घरहरू बने भन्ने विषयमा पनि भूमि व्यवस्था मन्त्रालयले अध्ययन समेत गरेको थियो । त्यस्तै, पुरातत्व विभागले पनि टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । महानगरपालिकाले टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू निर्माण भएको पत्ता लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै