दुई लागु औषध कारोबारी नियन्त्रणमा

Nagarik Sewa 1537+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । कारोबारी भाग्न खोजेपछि नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलाएको प्रहरीको भनाइ छ । 

कोहलपुरको चप्परगौंडी भन्ने स्थानबाट प्रहरीले दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीम खटिएको थियो ।

परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार