तोलामा ३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार