तोलामा एक सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप १ सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार