डेंगु संक्रमणको आशंका भए ‘११८०’ मा फोन गर्न सकिने

Nagarik Sewa 1537+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ जना स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाएको छ ।

महानगरपालिकाले डेंगु लागेको शंका लागेमा तत्काल महानगरपालिकालाई खबर गर्न पनि आग्रह गरेको छ ।

यसका लागि महानगरपालिकाले ११८० मा सम्पर्क गरी परामर्श लिन सर्वसाधारणलाई आग्रह गरेको छ । बर्षायाम शुरु भएसंगै डेंगु सङ्क्रमण बढ्न सक्ने भएकाले संक्रमणको आशंका लागेमा तत्काल सम्पर्क गरी परामर्श लिन भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार